Sat. Jul 27th, 2024

सन्दिप स्याम्चेन र सन्जु लामाको ‘ल्होछार खजी’ गीत सार्वजनिक

धादिङ– कलाकार सन्दिप स्याम्चेन तामाङ र नव गायिका सन्जु लामाको ल्होछार खजी तामाङ म्हेन्दोमाया गित सार्वजनिक भएको छ ।

सन्जु लामाको अफिसियल युटुब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो । सोनाम ल्होछार लाई लक्षित गर्दै तमु ल्होछारको अवसार पारेर गीत सार्वजनिक गरिएको हो । गीतमा आजाव दिने दुबैजना कलाकार धादिङका हुन् ।

सन्दिप स्याम्चेन र सन्जु लामाको शब्द र आजाव रहेको तीमा राजु खड्काले संगीत संयोजन गरेका छन् । अभिनयमा धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ, एमबि गुरुङ, सन्जु लामा, माया थोकर छन् ।

गीतले तामाङ समुदायको कला संस्कृति, भेषभुषा, रहनसहन र रितिरिवाज जोगाइ राख्न पर्छ भन्ने सन्देश दिएको छ ।

गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

About The Author

Loading...

अन्य समाचारहरु: