Fri. Jul 4th, 2025

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त

धादिङ – बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।

जम्कट्टेलले प्रदेश प्रमुखको कार्यालय हेटौंडा पुगेर ७० जना सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कूल ११० सदस्यीय प्रदेश सभामा सरकार निर्माणका लागि ५६ सांसदको समर्थन आवश्य पर्छ । नवनियुक्त मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ , नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदसहित ७० सांसदको समर्थन प्राप्त भएको हो ।

About The Author

अन्य समाचारहरु: