Sat. Jul 27th, 2024

सल्यानटार गोल्ड कप: त्रिपुरासुन्दरी युवा समाजले जित्यो उपाधी

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारमा जारी प्रथम सल्यानटार गोल्ड कपको उपाधी त्रिपुरासुन्दरी युवा समाजले जितेको छ ।

फाईनलमा प्रतिस्पर्धी टिम रोयल सल्यानटार फुटबल क्लबलाई पराजित गर्दै आयोजक त्रिपुरासुन्दरी युवा समाजले उपाधी हात परेको हो ।

जितसंगै १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाएका छन् । उपविजेतामा रोयल सल्यानटारले ६६ हजार ६ सय ६६ पाएका छन् ।यो धादिङ कै सर्वाधिक पुरस्कार राशी हो ।

सेमिफाईमा रोकिएको गणेश थान युवा क्वलका सर्जु गुरुङ ९ गोलका साथ सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भएका छन् भने आयोजक टिमका सदिप उप्रतीले उत्कृष्ट गोलरक्षकको उपाधि पाएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: