Sun. Oct 13th, 2024

स्कटल्याण्डविरुद्ध अन्तिम दुई ओभरमा चुक्यो नेपाल

Nepal-Vs-Scotland
१४ साउन, काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिपको डेब्यू खेलमा नेपाल स्कटल्याण्डसँग ३ रनले पराजित भएको छ । अनिल मण्डलको शतकीय पारी र कप्तान पारस खड्काको ७० रनका बावजुत नेपालले अन्तिम दुई ओभरमा चुक्यो ।
३६ ओभरमा छोट्याइएको खेलमा नेपालले घरेलु टोलीबाट २३६ रनको लक्ष्य पाएको थियो । ओपनर महेश क्षेत्री र अनिल मण्डलले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरे । महेश २१ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल १८ रनमा आउट भए ।
तर, अनिल र कप्तान पारसले शतकीय सझेदारी गर्दै नेपाललाई जित नजिक पु¥याए । अन्तिम दुई ओभरमा नेपाललाई २५ रन चाहिएको थियो ।
३५ औं ओभरको चौथो बलमा पारस क्याच आउट भए । अनिल अण्डलसँग १३९ रनको साझेदारी गरेका पारस व्यक्तिगत ७० रनमा पभेलियन फर्किए । अर्को बलमा शरद भेसवाकर शुन्यमै आउट भए ।
अन्तिम ओभरमा नेपाललाई १७ रन चाहियो । तर, पहिलो बलमा अनिल मण्डल पनि आउट भए । मण्डलले ९३ बलमा नौ चौका र एक छक्कासहित १०० रन बनाए ।
अनलाइनखबरबाट

About The Author

अन्य समाचारहरु: