Wed. Jul 16th, 2025

‘माया नै माया’ गीत सार्वजनिक

शम्भुजीत बास्काेटाकाे संगीतमा नयाँ गीत सार्वजनिक भएको छ। 

मंगलबार शम्भुजीत ७ नोट्स युट्युब च्यानलमार्फत ‘माया नै माया’ बोलको गीत सार्वजनिक गरिएको हो। किरण केसीको शब्द रहेको गीतमा सुरेश लामाले स्वर दिएका छन् भने मनोहर सुनामले संगीत संयोजन गरेका छन्। 

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा अभिनेता आकाश श्रेष्ठ र गरिमा शर्मालाई देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडिओलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

 

About The Author

अन्य समाचारहरु: