Sat. Jul 27th, 2024

आदर र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाईंदै

guru3
१५ साउन, धादिङ – आफुलाई शिक्षा दिने गुरुप्रति आदर र सम्मान प्रकट गर्दै आज गुरु पूर्णिमा देशैभर मनाईदैछ ।

प्राचीनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीहरुले आफूलाई विद्या, विनय र शिष्टता प्रदानगरी जीवनलाई उज्ज्वल भविष्यको मार्गदर्शन गराउने गुरुलाई यथोचित सम्मान प्रकट गर्ने गर्दछन् ।

आजकै दिन विद्यालय, क्याम्पस लगायत शिक्षालयहरुमा गुरुको सम्मानमा विभिन्न कार्यक्रम भइरहेको छ । गुरुले आफ्ना शिष्यलाई अज्ञानरुपी अन्धकारवाट ज्ञानरुपी उज्यालोतिर लैजाने भएकाले विद्यार्थीले आज गुरुलाई फुलमाला अर्पण गरि आर्शिवाद थाप्ने चलन छ ।

हिन्दु मान्यता अनुसार संगीतमा ६४ कला सिकाउने, गायत्री–दिक्षामन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–वुद्धि–वल अनुभवले पाका भएका व्यक्तिहरु गुरु मानिन्छन् ।

 

About The Author

Loading...

अन्य समाचारहरु: