Sat. Jul 27th, 2024

बद्री पंगेनीको ‘पैसा सापटी’ गीतको सर्वत्र चर्चा

काठमाडौं- गायक बद्री पंगेनीले दुई दिन अघि सार्वजनिक गरेको ‘पैसा सापटी’ बोलको गीतको अहिले सर्वत्र चर्चा भएको छ ।

फरक स्वादमा तर आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएको भन्दै ‘पैसा सापटी’ गीत सामाजिक संजालहरुमा पनि भाइरल नै बनेको छ ।

करीव १७ मिनेट लामो म्युजिक भिडिओको शुरुमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर राम्रोसँग चित्रण गरिएको छ ।

सयौं मर्मस्पर्शी र कालजयी लोकगीत गाएका कलाकार पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा अहिलेकी अर्की चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् ।

पैसा सापटी दिएर उल्टै झमेलामा परेका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा बद्रीले सरल ढंगले प्रस्तुत गरेका छन् । बुधवार अपरान्ह रिलिज भएको म्युजिक भिडिओ आधा घण्टामा तीन हजारभन्दा बढीले हेरिसकेका थिए ।

पैसा लिने बेलामा अनेक वहाना,समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक कुरालाई गीतमा उतारिएको छ ।

पैसा सापटी दिनेहरु उल्टै प्रहरी फन्दामा परेका घटनालाई पनि यो म्युजिक भिडिओमा उत्कृष्ट ढंगले उतारिएको छ । पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएका आम घटनाहरु गीत गायक गायिका र कलाकारले उत्कृष्ट ढंगले प्रसतुत गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: