Mon. Feb 10th, 2025

नारायणगढ–मुग्लिन सडक आजदेखि पूर्ण सञ्चालन हुने

काठमाडौं– नारायणगढ–मुग्लिन सडक आजदेखि पूर्ण सञ्चालनमा आउने भएको छ।

पुल निर्माणको क्रममा भित्तो काट्ने काम अन्तिम चरणमा पुगेकाले अब सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ। 

पुलको मुख खोल्न तथा फराकिलो बनाउन भित्तो काट्नुपर्ने भएकाले पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो।

तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आइतबारदेखि बन्द गर्न लागिएको हो।

About The Author