Fri. Jul 4th, 2025

नीलकण्ठ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकै तीनजना उम्मेदवार

धादिङ– स्ववियु सभापतिका लागि टिकट वितरणमा असन्तुष्टि जनाउँदै धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा नेविसंघभित्रै तीन जनाको उम्मेदवारी परेको छ ।

नेविसंघले कविराज श्रेष्ठलाई सभापतिको आधिकारिक उम्मेदवार बनाएपछि अर्काे समूहका दिनेश श्रेष्ठ र विनोद रिजालले पनि उम्मेदवारी दिएका छन् ।

कविराज स्ववियु निवर्तमान सहसचिव हुन् । दिनेश नेवि संघको नगर संयोजक थिए । विनोद नेविसंघ नीलकण्ठ बहुमुखी क्याम्पसको पूर्व सचिव हुन् । दिनेश र विनोद दुबैजना रामनाथ अधिकारी नजिकका हुन् ।

जिल्लाको नेत्रावती सामुदायिक क्याम्पसमा अखिल (क्रान्तिकारी) कि सीता तिमल्सिना स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएकी छन् ।

About The Author

अन्य समाचारहरु: