Fri. Jul 4th, 2025

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिनमा दुई मृत केटाकेटी भेटिए

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिनमा दुई मृत केटाकेटी (गैंडाका बच्चा) भेटिएका छन्।

निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार अमलटारी सेक्टर र बगई माडी सेक्टरमा गैंडाका बच्चाहरू मृत भेटिएका हुन्।

सोमबार दिउँसो अमलटारी सेक्टरको मर्दी घोलस्थित कोर क्षेत्रमा अन्दाजी ७ महिनाको गैंडाको पोथी बच्चा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

खाग नपलाएको बच्चाको भाले गैंडाको आक्रमणबाट मृत्यु भएको अनुमान गरिएको छ।

सोही दिन बगई माडी सेक्टरमा पर्ने रिउ खोलाको दक्षिण किनारस्थित मध्यवर्ती क्षेत्रको काँसघारीमा गैंडाको भाले बच्चा (केटो) मृत भेटिएको थियो। अन्दाजी ६ महिनाको केटोको बाघको आक्रमणबाट मृत्यु भएको हो।

About The Author

अन्य समाचारहरु: