Sat. Jul 27th, 2024

सकम्बरी विवादलाई लिएर प्रकाश सपुतले भने, सबै सँग क्षमा चाहन्छुू

काठमाडौ । गायक प्रकाश सपुतको गीत सकम्बरी यति वेला चर्चामा छ । सात दिनमै एक करोड भ्युज पाएको यो गीतको चर्चा सँगै विवाद पनि भइरहेको छ । गीतले रात्रिकालीन व्यवसायलाई गलत रूपमा प्रस्तुत गरेको भन्दै रात्रिकालीन मनोरञ्जन व्यवसायी सङ्घले वित्रस्ति नै निकालेर आपत्ति जनाएपछि गायक सपूतले प्रष्टीकरण दिएका छन् ।

सपुतले भनेका छन् ूमेरो सृजनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, सबै सँग क्षमा चाहन्छु । म पनि यही समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यही निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन, छ ।

प्रकाश सपूतको प्रष्टीकरण

श्री अध्यक्ष ज्यु १

रात्रिकालीन मनोरञ्जन व्यवसायी सङ्घ , काठमाडौँ ।

पछिल्लो गीत “ सकम्बरी” ले उठाउन खोजेको महिला यौन हिंसा को विषय गम्भीर र साझा विषय हो । यो सबै क्षेत्र मा छ ।अझ भनौँ विश्वव्यापी छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ प्रवृत्ति विशेष छ । त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वाभाविक हो । र कुनै अर्को क्षेत्रमा छदै छैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो ।

कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारीक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्री को रूपमा बुझिदिनु होला । यदि रात्रिकालीन मनोरञ्जन व्यवसायी दोहोरी साँझ हुँदैनथ्यो भने म एउटा कलाकारको रूपमा स्थापित हुँदैन थिए । म सधैँ रिणि छु । आभारी छु । र साथै ईमान्दारीताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुदैन्थ्यो भने “ सकम्बरीको “ कथा पनि म सँग हुँदैनथ्यो ।

गीत र भिडियो लाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरू आएपछि म सुरुमा अलिकति झस्किए । तर अहिले म ख़ुशी छु । तपाईहरु रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ । ५ वर्ष साँझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु ।

थुप्रै नैतिक प्रश्नहरूको सामना गरेको छु । तर त्यही बाट म जस्तै थुप्रैले आफ्नो जीवनको लय भेटायौ र अगाडि बढ्यौ । त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामी भित्र पनि राम्रा र नराम्रा पक्ष र प्रवृत्ति छन् त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन् भंयकर पक्षपात छ । ठुलो समस्या छ । यसरी समस्या सबै तिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो ।

About The Author

Loading...

अन्य समाचारहरु: