Tue. May 13th, 2025

धादिङको गल्छीमा धारिलो हतियार प्रहार गरि युवकको हत्या

धादिङ– धादिङको गल्छि गाउँपालिका वडा नम्बर  गल्छी बैरेनीका विनोद थापा मगरको गयराती हत्या भएको छ।

सामान्य विवादका कारण चक्कु प्रहार गरि घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए । 

बुधबार राती करिब १२ बजे होटलमा सामान्य भनाभन भएको र त्यसैको विवाद चुलिएपछी होटल संचालकको छोराले चक्कु प्रहार गरेको बताइएको छ ।

छानविनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरज पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हो ।
घटनालाई लिएर अहिले गल्छि नुवाकोट त्रिशुली सडक खण्ड स्थानीय र पीडित पक्षले अवरुद्ध पारेका छन् ।

About The Author

अन्य समाचारहरु: