Sun. May 28th, 2023

गुडिरहेको बसमा आगलागी, यात्रु सबै सकुशल

धादिङ– त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।

धादिङको खाल्टेबाट काठमाडौंको लागि गुडेको ग १ ख ४८४६ नम्बरको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए ।

तेत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसको सिट भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

Loading...

अन्य समाचारहरु: