Fri. Apr 19th, 2024

बिस्कुट, चाउचाउसहित ११ प्रकारमा भन्सार बढाउने तयारी

काठमाडौं- सरकारले तरकारी, बिस्कुट, चाउचाउ, सौन्दर्य सामग्री र खेलौना सहितका वस्तुको आयात घटाउने गरी व्यापार घाटा न्यूनीकरण कार्ययोजना तयार पारेको छ । नेपाल आफैं उत्पादनमा सक्षम रहेका र कतिपय अवस्थामा नभई नहुने वस्तुको आयात ६ महिना भित्रै निरुत्साहित गर्ने गरी सरकारले राष्ट्रिय कार्ययोजना तयार पारेको हो ।

केही समय अघि मन्त्रिपरिषद्‍बाट स्वीकृत उक्त कार्ययोजनाअनुसार बजेटबाटै सकेसम्म धेरै विषय सम्बोधनको प्रयास हुने कार्ययोजना तयार गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीकाअनुसार सकेसम्म बजेटबाटै र त्यसबाट सम्बोधन नभएका विषय मन्त्रालयगत सिफारिसमा कार्यान्वयन हुँदै जानेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियमित अनुगमन र सहजीकरण हुने दाबी गरिएको कार्ययोजनाबाट पहिलो ६ महिनामा करिब ११ प्रकारका वस्तुको भन्सार महसुल वृद्धि गर्ने सरकारी योजना छ ।

विभिन्न तालुक मन्त्रालय र विभागको सिफारिस र वाणिजय मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय कानुनहरुसँग नबाझिने गरी आयातमा कडाइ गर्न उपाय खोजिने कार्ययोजनामा उल्लेख छ ।

६ महिना भित्रै आयातमा भन्सार महसुल र दर बढाउन खोजिएको वस्तुहरुमा काठको तयारी सामान, विलासिताका वस्तुहरु, कम भोल्टेज र न्यून गुणस्तरको तार, मिनिरल वाटर, जुस, कार्बोनेट तथा फ्लेभर सिन्थेटिक पेय पदार्थ इनर्जी ड्रिङ्सको अन्तःशुल्क पुनरवलोकन, बिस्कुट, चाउचाउ र ड्राइफूड छन् । यस्तै महँगा शृंगार सामग्री, तयारी पोशाक छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: