Thu. May 15th, 2025

हलिउड का कलाकार काम रोकेर आन्दोलनमा

काठमाडौं । पटकथा लेखकहरूले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अमेरिकी चलचित्र उद्योग (हलिउड) का कलाकार काम रोकेर आन्दोलनमामा उत्रिने भएका छन्।​

स्क्रीन याक्टर्स गिल्ड (एएसजी)ले स्ट्रिमिङ कम्पनीहरू नाफाको न्यायोचित वितरण अनि राम्रो काम गर्ने वातावरणको विषयमा सहमत गराउन पथकथा लेखक आन्दोलनमा छन्। झन्डै एक लाख ६० हजार कलाकारहरूले त्यहाँको समय अनुसार बिहीवार मध्यरातबाट काम गर्न छाड्ने छन्।

कलाकारहरूले काम नगर्ने भएपछि अमेरिकी फिल्म र टेलिभिजन क्षेत्रमा निर्माणका धेरै कामहरू रोकिनेछन्। द स्क्रीन याक्टर्स गिल्ड एसएजी को आन्दोलन लस एन्जलसको समयअनुसार बिहीवार मध्यरातबाट सुरु हुन्छ।

शुक्रवार बिहान सबैभन्दा पहिले क्यालिफोर्नियास्थित नेटफ्लिक्सको मुख्यालय बाहिर धर्ना सुरु हुनेछ र त्यसपछि कलाकारहरूले पारामाउन्ट, वार्नर ब्रोस र डिज्नी अगाडि पनि धर्ना दिनेछन्।

युनियनले कलाकारलाई प्रतिस्थापन गर्न आर्टिफिसल इन्टेलिजेन्स (एआई) र कम्प्यूटरबाट बनाइने आकृति तथा आवाज प्रयोग गरिने छैन भन्ने ग्यारेन्टी पनि मागिरहेको छ।​ एसएजीले ‘सेल्फ‘टेप्ड अडिसन’ अर्थात् आफैँले आफ्नो कलालाई भिडिओमा उतारेर प्रतिस्पर्धाहरूमा पठाउनुपर्ने काममाथि कडाखालको नियमन हुनुपर्ने माग गरेको छ।

उसले त्यस्ता अडिसनहरूका कारण अनुचित रूपमा कलाकारले अतिरिक्त लागतको सामना गर्नुपरिरहेको ठानेको छ।​ एसएजीद्वारा अनलाइन प्रकाशित एउटा हडतालसम्बन्धी दस्तावेज अनुसार उक्त विरोध प्रदर्शनमा अभिनय, गायन वा नृत्य, साथसाथै विभिन्न विधामार्फत् मनोरञ्जन प्रदान गर्ने कलाकारहरू सहभागी हुनसक्ने उल्लेख गरिएको छ।

About The Author

अन्य समाचारहरु: