Sat. Jul 27th, 2024

लगातार २०७ अंक घटेपछि , दोहोरो अंकको सुधार

काठमाडौं – लगातार २०७ अंक घटेपछि सेयर बजारको ओरालो यात्रा थामिएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ४१.०६ अंकले बढेको छ । बजार २०६०.९१ विन्दुमा उक्लियो ।

यो २.०३ प्रतिशतको वृद्धिदर हो । बुधबार अन्तिम समयमा आएर बजार दोहोरो अंकले बढेको हो । बुधबार वित्त, होटल र पर्यटन, जीवन बीमा, व्यापारसहितका उपसूचकमा राम्रो वृद्धि देखियो ।

म्युचुअल फण्डका लगानीकर्ताले भने बुधबार धेरै गुमाए । कुल २६५ धितोपत्रको ७७ हजार ५०१ कारोबारबाट ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको छ । कुल १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार बुधबार भएको छ । हिमालयन लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट, मनकामना हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ

सेञ्चुरी डिभेञ्चर, लक्ष्मी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्तसहितका धितोपत्रका लगानीकर्ताले घेरै गुमाएमा छन् । आईएमई लाइफ इन्स्यारेन्स कम्पनी, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडियासहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: