Sat. Jul 27th, 2024

चितवन टिकौलीमा एकैठाउँमा ठोकियो आठ सवारीसाधन

चितवन – भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा त्रासदीपूर्ण सवारी दुर्घटना भएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक–आपसमा ठोक्किएको हो । ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ ।

व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी नै छ ।

About The Author

Loading...

अन्य समाचारहरु: