Sat. Jul 27th, 2024

हात्तीको आक्रमणबाट एकको मृत्यु, ३ घाइते

Elephant_Attacked_Parsa_BIr_250267790

वीरगन्ज – पर्साको निर्मलवस्तीमा मंगलवार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जंगली हात्तीको आक्रमणबाट निर्मलवस्ती गाविस वडा नम्बर ५ गोले टोलका ७३ वर्षिय जरी पाख्रीनको मृत्यु भएको हो।

पर्सा वन्यजन्तु आरक्षको जंगलबाट मंगलवार बिहान पाँच बजे तिर गाँउमा छिरेको जंगली हात्तीले पाख्रीनलाइ उनकै आँगनमा कुल्चेर मारेको प्रहरी चौकी विजयवस्तीका प्रहरी सहायक निरिक्षक अरुण कुमार राउतले बताए।

घरको आंगनमा बसेर मकै छोडाइरहेका बेला हात्ती आएको देखि पछि भाग्ने क्रममा पाख्रीनलाइ हात्तीले कुल्चेर मारेको स्थानीय अम्बर निर्दोषले बताए। पाख्रीनको घरमा रहेका उनका श्रीमति र छोराले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

त्यही हात्तीले निर्मलवस्ती गाविस वडा नम्बर ६ मा पनि मंगलवार बिहान दुइ वटा घर भत्काएको छ।यसअघि समोबार बिहान पनि पर्साको शंकर सरैया गाविसमा पर्ने सुकीभार जंगलमा जंगली हात्तीको आक्रमणबाट ३ जना घाइते भएका छन्। घाईते मध्ये एक जनाको अवस्था गम्भिर छ।

जंगली हात्तीको आक्रमणबाट शंकर सरैया गाविसको हरैयाका ३७ वर्षिय एना दास थारु, उनका छोरीहरु १५ बर्षीया सुनन्दा कुमारी र १७ बर्षीया मान्सा कुमारी घाईते भएका हुन्। घाइते मध्ये थारुको अवस्था गम्भिर रहेकाले उनको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

सोनवर्षा गाबिसको रामभौरीभाथामा लागेको साउने मेला हेर्न सोमबार बिहान बा ४३ प .६२०७ नम्बरको मोटरसाइकलमा आफना दुवै छोरीहरुसंग जाँदै गरेका थारुलाई सुकीभार जंगलमा जंगली हात्तीले आक्रमण गरि घाइते बनाएको हो। हात्तीको आक्रमणबाट मोटरसाइकलमा पनि क्षति पुगेको छ।

यसैगरि जंगली हात्तीले पर्साको महादेवपट्टी गाविस ८ शान्तिनगरमा पनि सोमबार राति जङ्गली हात्तीले रातभर उपद्रो मच्चाएको छ। आरक्षको जंगलबाट सोमबार बेलुकी आठ बजे नै गाँउमा छिरेको हात्तीले राति ११ बजे सम्म उपद्रो मच्चाएको स्थानीय विशाल सापकोटाले जानकारी दिए।

जंगली हात्तीले स्थानीय भुवनेश्वर कामीको धालबाली माडेर नष्ट पारेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानीयवासीले आगो मुस्लो बालेर तथा टिन ठटाएर हात्तीलाइ जंगल तर्फ धपाएको सापकोटाले बताए।
अन्नपूर्णबाट

About The Author

Loading...

अन्य समाचारहरु: