Mon. Oct 2nd, 2023

हिन्दी फिल्म ‘गदर-२’ ले इतिहास रच्र्दै


काठमाडौं – सन्नी देओल स्टारर फिल्म ‘गदर-२’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ ।

२४ दिनमा ५०० करोड क्लबमा सामेल भएसँगै ‘गदर २’ सबैभन्दा छिटो ५०० करोड भारु कमाउने फिल्म पनि बनेको छ । यसबाहेक यो ५०० करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म पनि बनेको छ । यसअघि बाहुबली–२ र पठान मात्र यो क्लबमा आबद्ध हुन पाएका थिए ।

‘गदर २’ले ५०० करोड कमाउन २४ दिन लगाउँदा ‘पठान’लाई २८ दिन लाग्यो भने ‘बाहुबली २’को हिन्दी भर्सनलाई ३४ दिन लाग्यो । ‘गदर-२’ले स्वदेशमा मात्रै होइन विदेशमा पनि राम्रो कमाइ गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: