Sat. Jul 27th, 2024

चेपाङ समुदायले ‘न्वागी’ फलाक्दा जे देखियो…

धादिङ– चेपाङ अर्थात् प्रजा समुदायले मनाउने ‘न्वागी’ राष्ट्रिय पर्व हो । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो ।

यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ ।

रातभर झाक्री बसेर सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नवाली खाने गर्छन् । यो पर्वलाई नयाँ वर्षको रुपमा पनि लिइन्छ । जमिनमा खोरिया खन्ने, जंगलमा सिकार गर्ने र जलमा बल्छी र जाल हानेर माछा मारी जिविको धान्ने चेपाङको परम्परागत विशेषता हो ।

अघिल्लो वर्ष चितवनमा सामुहिक रुपमा मनाएकोमा यो वर्ष धादिङको गजुरी गाउँपालिका-५ च्याङ्लीमा मनाइरहेका छन् ।
तस्बिरहरु : शंकर श्रेष्ठ

About The Author

Loading...

अन्य समाचारहरु: