Mon. Dec 4th, 2023

सुख्खा पहिरोले कारमा क्षती

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ चिरौदी पुल नजिक सुख्खा पहिरोले कार पुरिएको छ ।

मंगलबार करिव ११ बजे गुडिरहेको कारमा सडक माथीबाट सुख्खा पहिरो खस्दा कारको अघिल्लो भाग पुरिएको हो । चालक सहित कारमा सवार चार जना सकुशल रहेको छ ।

काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेको बा १ ञ १५०९ नम्बरको कारलाई माथिबाट सुख्खा पहिरो खस्न जाँदा कार पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

घटनास्थलबाट कार निकाली प्रहरी चौकी बैरेनीमा राखिएको र सडकमा सुचारु रहेको पनि उनले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: