Sat. Jul 27th, 2024

बाल दिवसमा निबन्ध प्रतियोगिता: गैरीगाउँ मावीकी सृष्टि मल्ल प्रथम

धादिङ– ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा धादिङबेसीमा आयोजित निबन्ध प्रतियोगितामा गैरिगाउँ माध्यमिक विद्यालयकी सृष्टि मल्ल ठकुरी प्रथम भएकी छन् ।

प्रतियोगितामा लामागुरु माध्यमिक विद्यालयकी सुस्मा गुरुङ द्वितीय, गैरिगाउँ माध्यमिक विद्यालयका राजन नेपाली तृतीय र निलकण्ठ मा माध्यमिक विद्यालयकी अनुष्का अधिकारी सान्त्वना भएका छन् ।

सहारा महिला बचत तथा ॠण सहकारी संस्था लि निलकण्ठ-३ धादिङ र फोकस नेपाल धादिङको संयुक्त आयोजनामा ‘आजको आवश्यकता, सहकारीमा युवा सहभागिता र सुरक्षा’ बिषयक निबन्ध प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः २ हजार ५ सय, २ हजार , १ हजार ५ सय र १ हजार २ सय रुपैयाँ पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ ।
सहारा महिला बचत तथा ॠण सहकारी संस्था लि. र फोकस नेपाल धादिङको कार्यक्षेत्र भित्र रहेका ५ वटा सामुदायिक बिद्यालयको माध्यमिक तहका १० जना छात्रछात्रा सहभागी थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङको अध्यक्ष राजाराम शर्मा, फोकस नेपालका खिल कुमारी तिवारी र सहारा महिला साकोसको अध्यक्ष पार्वती राई खाँणको उपस्थिति रहेको संस्थाका शिक्षा उपसमितिका संयोजक गायत्री खतिवडाले जानकारी दिइन् ।

‘बालबालिकामा लगानी, सुनिस्चित भविष्यको थालनी’ भन्ने नाराको साथ शुक्रबार देशभर ५९औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: