
धादिङ– धादिङको नगरपालीका–८ साघुटारबजार क्षेत्रमा एक दिने व्यावसाय दर्ता र नविकरण शिविर सञ्चालन गरेको छ ।
पाल्पाली ईलेक्ट्रोनिक्सले विभिन्न किसिमका व्यावसाय सञ्चालन गराउने उदेश्यले फारम भरेर नविकरण व्यावसाय दर्ता सञ्चालन गरेको हो । शिविरमा ४९ जनाले व्यावसाको दर्ता तथा नविकरण गरेका छन् ।
शिविरमा ३० वटा नयाँ व्यवसाय दर्ता भएको र १९ वटा व्यवसायले नविकरण गरेको वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए । नयाँ दर्ता भएका व्यवसायहरुमा फलफूल, किराना पसल, वर्कशप रहेको उनको भनाई छ । व्यवसायिहरुमा दर्ता र नविकरण गर्ने कुरामा अन्योलता रहेको हुनाले शिविर संचालन गरेको उनले बताए ।
व्यावसायिहरुबाट दुई लाख १६ हजार पाचँ सय रुपैया राजस्व संकलन भएको छ । साथै यसव्यावसाय दर्ता र नविकर गर्न छुटेका व्यवसायीहरुलाई वडा कार्यलयबाट सेवा लिन श्रेष्ठले आग्रह गरे । व्यवसाय दर्ता नविकरण गरेका व्यवसायहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।