Tue. Dec 3rd, 2024

भारतमा भूकम्पबारे पूर्व जानकारी दिने एन्ड्रोइड अलर्ट सिस्टम शुरु

सर्च इञ्जिन गुगलले भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम’ शुरु गरेको छ । यो प्रणालीले भूकम्पको कम्पन पत्ता लगाउनेछ र एन्ड्रोइड स्मार्टफोनमा भूकम्प आउनुअघि नै चेतावनी दिनेछ । यसका साथै भूकम्पको तीव्रता र केन्द्रका बारेमा पनि जानकारी दिनेछ ।

गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा यो चेतावनी दिने प्रणाली ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो प्रणालीले केही हप्तामा पूर्णरुपमा काम गर्न थाल्ने खबरमा उल्लेख छ ।

About The Author

अन्य समाचारहरु: