Sat. Jul 27th, 2024

भारतद्वारा एम्बुलेन्स, बस र पुस्तक प्रदान

embassy-400x266

काठमाडौँ -भारतले आफ्नो ६९ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका परोपकारी संस्थालाई ४० वटा एम्बुलेन्स, आठ वटा बस र ४५ वटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान गरेको छ ।

यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष समारोहमा नेपालका लागि भारतका राजदूत रणजीत रायले ३३ जिल्लामा सक्रिय ती संस्थाका प्रमुखलाई एम्बुलेन्स र बस तथा दुर्गम भेगका ४५ शैक्षिक प्रतिष्ठानलाई पुस्तकालय सञ्चालनका निम्ति पुस्तक प्रदान गरेका हुन् ।

सोही समारोहमा उहाँले नेपालमा बसोबास गर्दै आएका भारतीय सेनाका पूर्व कर्मचारीका २० विधवा र तिनका आश्रितलाई रु दुई करोड ५३ लाख सहायता रकम पनि हस्तान्तरण गरे ।
त्यसअघि उनले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति प्रणव मुखर्जीले जारी गर्नुभएको सन्देश वाचन गरेका थिए ।

सन्देशमा भारतीय राष्ट्रपतिले शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिए । समारोहमा कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिक, दूतावास कर्मचारीका परिवारजन र भारतका नेपालीमित्रलगायत हजारौँको उपस्थिति थियो । रासस

About The Author

Loading...

अन्य समाचारहरु: