Sat. Jul 27th, 2024

विश्वकप छनोटका लागि सन्दीपलाई समेट्दै नेपालको टिम घोषणा

काठमाडौं –आइसीसी टी(२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।

आइसीसी टी(२० विश्वकप छनोटका लागि नेपाली टोलीमा पुर्व कप्तान सन्दिप लामिछाने पनि समेटिएका छन् । शुक्रबार सम्पन्न भएको टी(२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम मौसम ढकाल र सागर ढकाल भने टिममा अटाएनन्।

एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ । ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी(२० विश्वकपमा छनोट हुनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: