Sat. Jul 27th, 2024

जलवायुलाई सन्तुलनमा राख्नको लागि छुट्याइएको रकम नेपालले पाउनुपर्छ : महासचिव गुटेरेस

dxf;lrj u'6]/]; dGtJo /fVg'x'Fb} nlntk'/, !# sflQs . g]kfn e|d0fdf /xg'ePsf ;+o'Qm /fi6«;ª3sf dxf;lrj PG6f]lgof] u'6]/];nfO{ ;f]daf/ nlntk'/ k'Nrf]sl:yt ;+o'Qm /fi6«;ª3 ejgdf ul/Psf] :jfut sfo{qmddf dGtJo /fVg' x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाण्डौ –संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु अनुकूलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् । मङ्गलवार आज अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन।

महासचिव गुटेरेसले जलवायु अनुकूलनको लागि बनाइएका कोषहरुको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरुले पाउनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशहरुलाई आग्रह गरे । उनले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताए।

उनले भने ,‘हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिम नदीहरू जोगाउनुपर्छ । जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका छन् । पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि धेरै कोषहरू पनि छन् । यी कोषहरू क्षति कम गर्न र पीडितको फाइदाका लागि बनाइएका हुन् । त्यसको उपयोग हुनुपर्छ ।’

About The Author

Loading...

अन्य समाचारहरु: