Sat. Jul 27th, 2024

नेपाली फिल्ममा हिरो मिसिङ भइरहेको छ: रेखा थापा

काठमाडौं – सम्भवतः रेखा फिल्म्स धेरै ‘हिरो’ जन्माउने ब्यानरमध्ये पर्छ । रेखा स्वयंले पनि ‘हिरो’बाटै अभिनय करिअर थालिन् । यो शब्दसँग उनको अनुराग र अभिरुचि परिचित नै छ । घरेलु फिल्ममा ‘हिरोइनइज्म’लाई स्थापित गर्ने श्रेय पनि रेखालाई जान्छ ।

उनै रेखा शुक्रबार आफ्नो पछिल्लो फिल्म ‘उपहार’को गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा हिरो र कलाकारको आयामबारे सुनिइन् । पछिल्लो समय कलाकारको लहर आएको बताउँदै उनले यो परिस्थितिमा आफूहरुले सानैदेखि हेर्दै आएको हिरो मिस भइरहेको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘अहिलेको जेनेरेसनमा हिरोभन्दा पनि कलाकार स्थापित भइराखेका छन् । जस्तै मुकुन भुसाल भयो, दयाहाङ राईहरु भए । एउटा राम्रो प्रकारको वेभ आएको छ । हिरो मिस भइराख्या छ ।’

हिरोहरु पनि आफैं–आफैं झगडा गरेर मिस भइराखेको भन्दै रेखाले कटाक्ष गरिन् । उनले भनिन्, ‘हिरोहरु पनि आफैं–आफैं झगडा गरेर मिस भइराख्या छ । त्यो भीडमा पनि साँच्चिकै हिरोजस्तो देखिने हिरो अहिले आएको मैले महसुस गर्‍या छु ।’

पछिल्लो समय हिरोमाथि कलाकारको दबदबा रहेको रेखाको विश्लेषण छ । ‘अहिले हिरोको परिभाषा परिवर्तन भएको छ । हिरो भन्नेबित्तिकै हामी त बच्चादेखि भुवन केसीहरु, राजेश हमालहरु हेर्दै आएको । हिरो भन्ने वित्तिकै उनीहरुको चित्र आउँथ्यो । बीचमा अर्को जेनेरेसनमा आउँदा अर्कै अर्कै भयो । हिरोको अभाव खड्किएको थियो । कलाकार त छ्यापछ्याप्ती नै भए अहिले, यो राम्रो कुरा हो,’ उनले भनिन् ।

‘उपहार’ले घरेलु फिल्ममा मिसिङ भइराखेको हिरोलाई परिपूर्ति गर्ने भन्दै रेखाले डेब्यु अभिनेता समर्पणजंग कार्कीको प्रशंसा समेत गरिन् । ‘मलाई जहाँसम्म लाग्छ, अबको उपहारले चाहिं मुकुनजीजस्तो स्थापित, बबाल एक्टिङ गर्ने हिरो कलाकार र समर्पणजस्तो हिरो देखिने हिरो पनि देख्न पाउनुहुन्छ,’ उनले फिल्मबारे भनिन् ।

फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रेखा स्वयंको शीर्ष भूमिका छ । यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । यसमा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी र समर्पणको समेत अभिनय छ ।

About The Author

Loading...

अन्य समाचारहरु: