Fri. May 16th, 2025

बेसी भावनामा बहें त्यो दिन, मैले पिउनु पनि हुँदैनथ्यो :सुगम पोखरेल

काठमाडौं – गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर दर्शकसँग माफी मागेका छन् । उनले आफूबाट गल्ती भएको बताउँदै आफू भावनामा बहँदा घटना हुन पुगेको प्रतिक्रिया दिए ।

नेपाल ट्युबसँगको कुराकानीमा सुगमले आफू मानसिक रुपमा स्वस्थ रहेको उल्लेख गर्दै भगवानरुपी दर्शकलाई कहिल्यै पनि अनादर नगरेको बताएका छन् ।

शनिबार अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टमा मदिरा पिएका सुगमले दर्शकमाथि माइक प्रहार गरेका थिए । उक्त घटनाको भिडियो भाइरल भएको थियो । उनले भूकम्पमा ज्यान गुमाएकाको मौन धारणको सन्दर्भमा आफू सम्हालिन नसक्दा घटना भएको प्रतिक्रिया दिएका छन् ।

उक्त कन्सर्टका आयोजकले पनि आइतबार नै सामाजिक सञ्जालबाट माफी मागिसकेका छन् । सार्वजनिक माफी मागेको भिडियोमा सुगमले अष्ट्रेलियाको कन्सर्टलाई निरन्तरता दिने वा नदिनेबारे केही बताएका छैनन् ।

About The Author

अन्य समाचारहरु: