Sat. Jul 27th, 2024

धादिङबेसीमा भाषा विज्ञानमा वर्णोच्चारण र वर्णविन्यास सम्बन्धी दुईदिने गोष्ठी सम्पन्न

धादिङ- भाषा विज्ञान वर्णोच्चारण र वर्णविन्यासको अंह भुमिका विषयक दुईदिने बृहत गोष्ठी सम्पन्न भएको छ ।


नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्धारा ११५ औं लक्ष्मी जयन्तीको अवसरमा आयोजित बृहद गोष्ठी गरी नेपाली भाषालाई अहिले चासोे नदिएको र बाहिरको भाषाहरुलाई बढी अपनाएको देखिन्छ । अहिलेको अवस्थामा नेपाली भाषामा वर्णोच्चारण र वर्णविन्यासको बारेमा जानकारी नहँुदा यस बृहद गोष्ठी तयार गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सचिव प्रकाश पौडेलले बताए ।


नेपाली व्याकरणमा प्रचुरमात्रमा ज्ञान भएका प्रधान प्रशिक्षक डा. गाउँले बलदेव अधिकारीले नेपाली भाषालाई वर्णोच्चारण र वर्णविन्यास सम्बन्धी नेपाली भाषाका लागि शुद्धता कतिको आवस्यक छ ,भन्ने बारेमा जानकारी गराए ।

लक्ष्मी जयन्तीको अवसरमा महाकवी लक्ष्मी प्रसाद देवकोटाले शैक्षिक र साहित्यिक क्षेत्रमा पु¥याएको योगदानलाई स्मरण गर्दै नेपाली भाषालाई बचाईराख्न, भाषा शुद्धता कायम गनुपर्ने नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको अध्यक्ष बद्रिप्रसाद दाहालले बताए । अहिलेको पाठ्यक्रमा अशुद्ध देखिन्छ । जसको कारण शिक्षक र विद्यार्थीलाई नेपाली भाषा व्याकरणमा शुद्ध ,अशुद्ध छुट्याउन समस्या देखिएको अध्यक्ष दाहालले बताए।’


महेन्द्र माध्यामिक बिद्यालयका शिक्षक रुद्र नारायण श्रेष्ठ भन्छन् –‘दुई दिनको गोष्ठीले धेरै कुरा सिकाएको छ । हामीले किताबहरुमा खोजेर वर्णोच्चारण प्रयोग वर्णविन्यासको प्रयोग गरिन्थ्यो । दुईदिने गोष्ठीले भाषामा भएको अन्योेललाई चिर्दै जाने यस गोष्ठीबाट व्याकरण सम्बन्धी प्रष्ट भएको छ । बिद्यार्थीहरुलाई सहजरुपमा बुझाउन सकिन्छ। यस गोष्ठीबाट वर्णोच्चारण र वर्णविन्यासबाट भाषामा अझ बढी शुद्धता ल्याएको श्रेष्ठले भने ।’

बृहत गोष्ठीमा नीलकण्ठ नगरपालिकाभरको शिक्षक तथा पत्रकारहरु सहभागिता थियो । यस कार्यक्रममा प्रमुख अथिति नीलकण्ठ नगरपालिका उपमेयर दिपक विश्वकर्माले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: