Sat. Jul 27th, 2024

दसैंलाई ल्याइएका च्यांग्रा तिहार र छठमा पनि बिक्री नहुदा व्यवसायीलाई ‘बल्क’ मै बेच्ने तयारी

काठमाडौँ –विगतका वर्षमा झैं सरकारले यसपालि पनि दसैंमा खसीबोका र च्यांग्रा किनेर सर्वसाधारणलाई बेच्यो । यसको एउटै उद्देश्य थियो— सर्वसाधारणलाई सहुलियत दरमा बिक्री गर्ने । सरकारी निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार २ सय १२ वटा खसीबोका र च्यांग्रा गरी किनेर उपत्यका ल्यायो ।

त्यसमध्ये रसुवाबाट ल्याइएका ५ सय ४२ वटा च्यांग्रा थिए । तर यस वर्ष सहज रूपमा च्यांग्रा बिक्री भएनन् । विगतमा बिक्री खुला भएको ३र ४ दिनमै सकिने गरे पनि यस पटक छठसम्म पनि बिकेनन् ।

सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले खरिद गरिएका च्यांग्रा बिक्री नभएपछि खाद्यलाई टाउको दुखाइ बनेको छ । पटकपटक मूल्य घटाउँदासमेत बिक्री सन्तोषजनक रूपमा बिक्री नभएपछि निःशुल्क होम डेलिभरीको समेत व्यवस्था गरेको छ । पछिल्लो पटक एकमुस्ट बल्क मै बिक्री गर्ने तयारी थालेको छ ।

‘आर्थिक मन्दीसँगै बिक्रीका लागि ज्ञानको पनि अभाव भयो । व्यापारीहरूले मूल्य तलमाथि गर्दै बिक्री गरे । तर खाद्यमा निर्णय गराउन ९प्रक्रिया पूरा गर्न ढिलाइ हुन्छ,’ एक कमर्चारीले भने, ‘फलस्वरूप खरिद भएका सबै च्यांग्रा बिक्री भएनन् । अब जति ढिलो गर्‍यो, खाद्यलाई त्यति नै समस्या हुन्छ ।’ खाद्यले छुटसहित खसी प्रतिकिलो ६ सय ७० र च्यांग्रा १२ सय ५० रुपैयाँ बिक्री मूल्य राखेको थियो । मूल्य पोहोरकै निर्धारण गरेको थियो । तर भनेअनुसार बिक्री नभएपछि मूल्य घटाएर खसीबोका ६ सय ५० रुपैयाँ र च्यांग्रा १२ सय २५ रुपैयाँ तोकियो । तर पनि सोचेजस्तो बिक्री भएन । त्यसपछि खाद्यले फेरि तेस्रो पटक मूल्य घटाउँदै खसीबोका प्रतिकिलो ५९० रुपैयाँ र च्यांग्रा ११५० रुपैयाँ निर्धारण गरेर बित्रक्री गर्दै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: