Sat. Jul 27th, 2024

हरिवंश आचार्य नयाँ फिल्म ‘बुलबुल’मा अनुबन्धित

काठमाडौं –‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको आगामी फिल्मको शीर्ष भूमिकामा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन् । जनवरीदेखि अमेरिकाको ओहायोमा छायांकन हुने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा आफू जोडिएको अभिनेता आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

‘उक्त फिल्ममा म औपचारिक रुपमै कास्ट भएको छु । त्यसका लागि डिसेम्बरतिर अमेरिकामा जाने कार्यक्रम छ,’ अहिले छायांकन भइरहेको फिल्म ‘महाजात्रा’को छायांकन सेटमा आचार्यले भने । उनले उक्त फिल्मबारे थप बताएनन् ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई लक्षित गरी फिल्म निर्माण हुन लागेको उनको भनाइ छ । यो फिल्मको निर्माणमा नेपालीभाषी भुटानीहरुको पनि सहकार्य हुने हरिवंशको भनाइ छ । यद्यपि, निर्देशक पौडेलले प्रोजेक्टबारे आधिकारिक बताएका छैनन् ।

About The Author

Loading...

अन्य समाचारहरु: