Sat. Jul 27th, 2024

कमला नदीमा अनौठो भूत मेला

कात्तिक पूर्णिमाको अवसरमा धनुषा,सिरहा जिल्ला जोड्ने कमला नदीमा अनौठो ‘भूत मेला’ लाग्छ । मेलाका लागि धामीझाँक्री, भगता र सर्वसधारणहरु घरबाट हिँडेका छन् ।

धनुषा र सिरहाका गाउँ(गाउँबाट भगताहरु ‘घरको कुलदेवता’ खेल्दै कमला घाटतर्फ गइरहेको देख्न सकिन्छ । आज हिँडेकाहरु राति कमलामै बास बस्छन् । भोलि स्नान र पूजापाठपछि दहीच्यूरा खाएर फर्किन्छन् ।

कात्तिक पूर्णिमाको दिन स्नान, दान र ब्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ । कमला नदीलाई गंगा सरह मानिन्छ । त्यसैले, यो नदीमा कात्तिक पूर्णिमा अर्थात् भोलि बिहान लाखौं मानिस स्नान गर्छन् ।

नवभगताहरु भने सिद्धि प्राप्तिका लागि कात्तिक पूर्णिमाको दिन कमला स्नान गर्छन् । तन्त्र शास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । तराई मधेशमा वर्षैंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहँदै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: