Sat. Jul 27th, 2024

धादिङ अस्पतालको भावी स्वस्थ्य सेवाको विषयमा पत्रकारसंग छलफल

धादिङ -धादिङ अस्पतालले प्रवाह गर्दै आएको सेवा तथा भावी योजनाका विषयमा छलफल गरिएको छ । अस्पतालले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका पत्रकारहरुसँग छलफल कार्यक्रम गरेको हो ।


धादिङ अस्पतालले प्रवाह गर्दै आएका सेवाहरु विगतका तुलनामा सकरात्मक परिवर्तन हुदै आएको र अझै परिस्कृत बनाएर लैजानुपर्ने सहभागीहरुले सुझाव दिएका छन् । स्वास्थ्य क्षेत्र अति नै संवेदनशिल क्षेत्र हो । मानिसको जीवन बचाँउने चिकित्सक र स्वास्थ्य क्षेत्रलाई समय अनुरुप थप परिस्कृत बनाएर लैजानु पर्छ । अहिले नयाँ नयाँ किसिमका रोगहरु आएका छन् । धादिङ अस्पतालले पनि विगतमा थालिएका विशेषज्ञसहितको सेवा निरन्तरता गर्दै सेवाहरु विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।

आन्तरिक द्धन्द्ध, विगतका वर्षहरुमा प्रवाह भएका सेवाहरु निरन्तर नहुनु, सहज रुपमा सेवा नपाइनु, अस्पतालले प्रवाह गरेका सेवाहरुप्रति सेवाग्राही सन्तुष्ट नहुनु, अस्पतालले प्रवाह गर्ने सेवाहरु विविध कारणले प्रभावित बन्नु लगायतका विषयमा छलफल गरिएको छ । सेवा प्रवाहको चरणमा अस्पतालले गरेका कमी कमजोरी सुधार गर्दै धादिङ अस्पताललाई व्यवस्थित र परिस्कृत बनाउने व्यवस्थापन समिति, चिकित्सक र अस्पताल प्रशासनले प्रतिवद्धता गरेका छन् ।

धादिङ जिल्ला अस्पतालले आउदो सोमबारबाट मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम संचालन गर्ने मेडिकल सुरपरिटेन्डेन्ट सुरेन्द्र प्रसाद भट्टले बताए । सुगर,प्रेसर लगायत पाठेघरको क्यान्सरको जाँच पनि गरिने छ ।

About The Author

Loading...

अन्य समाचारहरु: