काठमाडौं – रणवीर कपुर र रश्मिका मान्दाना स्टारर बलिउड फिल्म ‘एनिमल’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ । हलले उच्च शो दिंदै बुधबारदेखि एड्भान्स टिकट बिक्री थालेका छन् ।
बुधबार मध्यान्हसम्म ५० प्रतिशत हाराहारीमा टिकट बिक्री देखिन्छ । बिहीबार बेलुकासम्म टिकट सोल्डआउट हुने अनुमान छ । एड्भान्स टिकट बिक्री र शो संख्या हेर्दा फिल्मले शुक्रबार डेढ करोड नेरु हाराहारीमा ओपनिङ गर्ने देखिन्छ ।
क्यूएफएक्सले देशव्यापी ७० शो दिएको छ । सिनेप्लेक्ससहित आईएनआईको ३८ शो छ । बिग मुभिजका आठ शोमा रातो घेरा लागेको देख्न सकिन्छ । काठमाडौं र उपत्यकाबाहिरका हलमा समेत एड्भान्स टिकट बिक्री राम्रो देखिएको छ ।
फिल्मले भारतमा हिन्दी संस्करणमा ५५ करोड भारु र तेलुगू संस्करणमा १० करोड भारु कमाउने प्रक्षेपण गरिएको छ । विश्वव्यापी ९५ करोड भारुको ओपनिङ गर्न सक्ने प्रक्षेपण भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तेलुगू भर्सनमा फिल्मले शाहरुख खान स्टारर ‘जवान’को कमाइलाई उछिन्ने बताइएको
छ।