काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताएको छ ।
आज बुधवार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले वर्तमान विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताउँदै शासकीय स्वरूपमा केही कमजोरी रहेको उल्लेख गरे। बताए शासकीय स्वरूपमा भएका कमजोरीलाई चुनावबाट मात्रै परिवर्तन गर्न सकिने बताए।
हामी अहिले भएको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ । यद्यपि शासकीय स्वरूपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको चुनाव मात्रै हो । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’
सभापति लामिछानेले मधेसलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढिरहेको दाबी पनि गरे ।