Sat. Jul 27th, 2024

स्नातकोत्तरमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन


काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि यी दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि यही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो । त्रिविका रजिस्ट्रा प्रा। डा। पेशल दाहालले यी दुवै विषय प्रयोगात्मक नभएर साहित्यिक भएकाले स्नातकोत्तर पढ्दा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने बताए।

‘साहित्यिक विषय अरू विषय पढेकाले पनि पढ्न सक्ने भएका छन् । अरू विषय प्रयोगात्मक भएकाले आधारभूत आधार आवश्यक हुन्छ । तर नेपाली र अङ्ग्रेजी साहित्य विषय भएकाले सक्नेछन्’, उनले भने , ‘विषयगत समिति र सङ्कायको सिफारिसपछि प्राज्ञिक परिषद्ले निर्णय गरेको हो
।’
त्रिवि नेपाली विभागका प्रमुख प्रा। डा। खगेन्द्रप्रसाद लुइँटेलले त्रिवि वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेकाले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न पाउनेछन् । त्रिवि अङ्ग्रेजी विभागका प्रमुख प्रा। डा। जीवलाल सापकोटाका अनुसार कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको विद्यार्थीले अङ्ग्रेजीमा स्नात्तकोत्तर तहमा पढ्न पाउने भएको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: