Sat. Jul 27th, 2024

विराज भट्ट आफ्नै निर्माण तथा निर्देशनमा फिल्म ‘१२ गाउँ’ बनाउने

काठमाडौं – अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशन हुने नयाँ फिल्मको घोषणा गरेका छन् । उनले केही महिनाअघि नै चलचित्र विकास बोर्डमा ‘१२ गाउँ’ शीर्षकमा फिल्म दर्ता गरेका थिए ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले यही फिल्मको घोषणा गरे । फिल्मको टाइटल लोगो सार्वजनिक गर्दै उनले विराट भट्ट प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्म एक्सन(थ्रिलर हुने उल्लेख गरेका छन् ।

२०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । नेपाली र भोजपुरी भाषाका फिल्ममा एक्सन शैलीका फिल्ममा देखिंदै आएका विराजले सोही जनरामा यो फिल्म बनाउन लागेका हुन्

About The Author

Loading...

अन्य समाचारहरु: