Sat. Jul 27th, 2024

अबको निर्वाचनमा पनि महिलाको संख्या ३३ प्रतिशत मात्र हुने


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलमा महिलाको सहभागिता नबढाई निर्वाचनमा मात्र संख्या बढाउन सक्ने स्थिति नभएको बताएका छन् ।त्यही कारण अबको निर्वाचन कानुनमा राजनीतिक दलका टिकट दिने समितिमा पनि ३३ प्रतिशत महिला राजनीतिक दलकै ऐनमा सुनिश्चित गर्न कानुनी प्रयास गर्ने उनले बताए ।

बिहीबार काठमाडौंमा आयोजित निर्वाचन व्यवस्थापन विधेयक मस्यौदासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीतिक दलहरुमै महिलाको संख्या कम हुनु र दलको प्राथमिकतामा महिला कम पर्ने भएकाले ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता व्यवहारमा कार्यान्वयन हुन नसकेको थपलियाले बताए ।

महिलाको राजनीतिक अधिकार सुनिश्चित हुन नसकेको अवस्थामा त्यसलाई कानुनी रुपमा दलहरुले नै स्विकार्ने वातावरण निर्माण गर्नेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न लागेकाले त्यसमा महिलाका कतिपय विषयलाई त्यसमा समावेश गर्न सकिने बताए

About The Author

Loading...

अन्य समाचारहरु: