Sat. Jul 27th, 2024

शेयर बजार ७ अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजार हप्ताको पहिलो दिन ७ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा, होटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन थ्री स्टार हाइड्रोपावरको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: