Sat. Jul 27th, 2024

समानुपातिक बन्दसूचीमा नाम भएका व्यक्ति राष्ट्रियसभा चुनावमा उम्मेदवार बन्न नपाउने

काठमाण्डौ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको चुनावमा उम्मेदवार हुन नपाउने भएका छन् ।

निर्वाचन आयोगले आज आइतवार प्रेस विज्ञप्ति निकालेर समानुपातिक बन्दसूचीमा नाम भएका व्यक्ति राष्ट्रियसभामा उम्मेदवार बन्न नपाउने जानकारी गराएको हो । आयोगका सहायक प्रवक्ता एवम् उपसचिव सूर्यप्रसाद अर्यालले ऐनले तोकेअनुसार नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने बताउनुभयो ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार त्यही दफाहरूको उपदफा ९१० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन पाउने छैनन्’, आयोगको विज्ञप्ति उल्लेख छ ।

About The Author

Loading...

अन्य समाचारहरु: