Sat. Jul 27th, 2024

चारी गरेर अमेरिका पुर्याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता

न्यूयोर्क– विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ ।

न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई मूर्ति हस्तान्तरण गरिएको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव पार्वती ९उमा महेश्वर० र दुर्गाको ढुंगाको मूर्ति रहेका छन् । ती मूर्तिहरु १६ औं र १७ औं शताब्दीका छन् ।

न्यूयोर्कका जिल्ला न्यायाधिवक्ता एल्विन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारी, होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन्स, न्यूयोर्क र गृह मन्त्रालयका अधिकारीहरुले कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरे ।

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याइएका नेपालका पुरातात्विक वस्तुहरु फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको कार्यवहाक महावाणिज्य दुत गौतमले बताए । उनले नेपालको पुरातात्विक सम्पदा फिर्ता गरेकोमा कृतज्ञता ज्ञापन गर्दै यसको अनुसन्धानमा खट्ने अधिकृतहरुलाई विशेष धन्यवाद व्यक्त गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: