Sat. Oct 26th, 2024

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन जेठमा हुने

काठमाण्डौ – नेकपा एकीकृत समाजवादी ले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ ।

आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यसअघि एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन माघ १४ देखि १८ गतेसम्म तोकिएको थियो ।

राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदा सम्बन्धमा छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन भएको प्रवक्ता खतिवडाले बताए ।

यस्तै पार्टीले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने प्रवक्ता खतिवडाले बताए । उनका अनुसार आजको बैठकले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटब्युरो बैठक, पुस ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको छ ।

About The Author

अन्य समाचारहरु: