Sat. Jul 27th, 2024

अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य

काठमाण्डौ – एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।

दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भयो । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १ सय ५२ बलमा १ सय ६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । यस्तै अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह ुएु मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ुबीु मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: