Fri. Jan 17th, 2025

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु, २७ मुलुकका ५४ फिल्म देखाइने

काठमाडौं– मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औं संस्करण काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सव उद्घाटन गर्दै मानवअधिकार संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा फिल्म प्रभावकारी माध्यम बन्न सक्ने बताए ।

‘फिल्म शिक्षा प्रदान गर्ने प्रभावकारी माध्यम हो । फिल्मले मानव अधिकार सुरक्षित गर्न, प्रवद्र्धन गर्न र जागरुकता सिर्जना गर्न सहयोग गर्छ । समाजमा बालबालिका अपहरण, महिला हिंसा, जातीय विभेदजस्ता अपराधका शृंखला रोकिएका छैनन् । मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा फिल्म प्रभावकारी माध्यम बन्न सक्छ’, उनले भने ।

मानवअधिकार मैत्री समाज निर्माणको लागि यस्ता विषयमा फिल्म बन्नुपर्ने उनले बताए । ‘मानव अधिकारको विषयमा अझै शिक्षा प्रदान गर्नुपर्ने छ । यी विषयलाई आधार बनाएर फिल्ममेकरले फिल्म बनाउँन सक्यो भने तल्लो तहको मानिससम्म शिक्षा प्रदान गर्न सक्छ । त्यसैले फिल्ममेकरले पनि मानव अधिकार के हो भनेर बुझाउन जरुरी छ’ उनले भने ।

About The Author

अन्य समाचारहरु: