Sat. Oct 26th, 2024

सेयर बजारमा तीव्र, एक घण्टामै २ अर्ब नाघ्यो कारोबार

काठमाडौं -अघिल्लो दिन पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार दोस्रो दिन सोमबार भने तीव्र उतारचढाव देखिएको छ । १०स्३० बजे खुलेको प्रि(ओपनिङ कारोबारमा बजार २५ अंक बढेको थियो ।

११ बजे नियमित कारोबार सुरु भएपछि घट्न थालेको बजार ६ मिनेटमै २६ अंक घटेर १९३७ मा झर्‍यो । अर्को ६ मिनेटमा बढेर १९८२ अंकमा पुगेको बजार त्यसपछि भने ओरालो लाग्यो । १२ बजे बजार केही सम्हालिंदै अघिल्लो दिनको तुलनामा १९ अंक घटेको छ ।

१२ बजेसम्म २ अर्ब ८ करोड रुपैयाँको कारोबार भयो । १२ बजेसम्म बैंकिङ १।१, विकास बैंक १।७, फाइनान्स १।१, होटल तथा पर्यटन १, जलविद्युत् १।५, जीवन बीमा ०।८, अन्य समूह ०।९ प्रतिशतले घटेका छन् । व्यापार र उत्पादन समूह केही बढेका छन् ।

About The Author

अन्य समाचारहरु: