Sat. Jul 27th, 2024

रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय रहेको जानकारी आएको छ :प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताए ।

आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताए । उनले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि उल्लेख गरे ।

उनले भने, ‘रुसी सेनामा २ सय जना नेपाली भर्ना भएको औपचारिक जानकारी आएको छ । उनीहरूको अध्ययन, खोजी भइरहेको छ । कोही पढ्नका लागि, कोही भिजिट भिसामा गएका नेपाली रुसी सेनामा भर्ती भएका रहेछन् । रुसी सेनामा भर्ती भएका नेपाली केही युक्रेनको कब्जामा रहेका र केही युक्रेनी सेनाको कब्जामा रहेका जानकारी आएको छ ।’

प्रधानमन्त्रीले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको दाबी पनि गर्नुभयो । उहाँले गठबन्धनका बैठकहरू हेर्दा प्रयासले मात्रै केही नहुनेमा आफू विश्वस्त रहेको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: