Sat. Jul 27th, 2024

धादिङमा सबै भन्दा बढि सम्बन्ध विच्छेदका घटना


धादिङ -अदालत विशुद्धजनआस्थासँग जोडिएको संस्था भएको जिल्ला अदालत धादिङका प्रमुख तथा न्यायाधीश गोपाल प्रसाद बास्तोलले बताएका छन् ।


नागरिकहरुले धेरै आशा र अपेक्षा गरेको संस्था अदालत भएको भन्दै बास्तोलाले अदालत प्रतिको विश्वास गुम्न नदिने स्पष्ट पारे ।
सामाजिक सञ्जालबाट अदालत प्रति भ्रम फैलाउने काम गरीरहेको भन्दै उनले सञ्चार माध्यमले त्यस्ता भ्रमलाई चिर्नुपर्ने दायित्व थपिएको बताए । जिल्ला अदालत धादिङको आयोजनामा आज धादिङबेसीमा सम्पन्न भएको सन्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भने ।


अन्तरक्रिया कार्यक्रममा धादिङ जिल्ला अदालतबाट यस आर्थिक बर्षको ५ महिनामा भए गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । धादिङ जिल्ला अदालतका श्रेष्तेदार माधव भण्डारीले संचारकर्मीसंग अन्तरक्रिया राख्नुको उदेश्य, नागरिकको दृष्टिकोमा अदालत र संचारकर्मी, अदालती समाचार संकलन र यसका स्रोत, धादिङ जिल्ला अदालतको वर्तमान अवस्था लगायतको विषयमा सहजिकरणगरेका थिए ।


धादिङ जिल्ला अदालतको पछिल्लो तथाङ्कलाई हेर्ने हो भने यो चालु आर्थिक वर्षमा जम्मा ६ सय ३३ वटा मुद्धा दर्ता भएको छ । दर्ता भएका मुद्दा मध्ये सबै भन्दा बढि सम्बन्धबिच्छेद र सबैभन्दा कम वन पैदावर सम्बन्धीको मुद्धा दर्ता भएको श्रेस्तेदार भण्डारीले जानकारी दिए ।चालु आर्थिक बर्षमा २ सय ४१ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएको छ । जसमा १ सय २६ फछयौट भएको छ भने १ सय १५ वटा मुद्धा फछयौट हुन बाँकी रहेको छ । यसैगरी वन पैदावर तर्फ ११ वटा मुद्धा दर्ता भएकोमा २ वटा मुद्धा फछयौट भएको छ भने ९ वटा मुद्धा फछयौट हुन बाँकी रहेको छ । अदालतका प्रमुख तथा न्यायाधीश बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा न्याधिस गिता श्रेष्ठ, श्रेष्तेदार माधव भण्डारी, तहसिलदार ध्रवप्रसाद सुवेदी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।


दिनमा ४ देखि ५ जनासम्म पक्राउ पर्ने गरेका छन् । जसमध्ये लागुपदार्थ सेवनमा बढि पक्राउ परेको प्रमुख न्यायाधीश बास्तोलले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: