Tue. Apr 16th, 2024

शेयर बजार साढे ६ अङ्कले बढ्यो

काठमाण्डौ – शेयर बजार आज बिहीवार पनि बढेको छ । हिजो बुधवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ५५ अङ्कले बढेर एक हजार नौ सय ९४ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज बैंकिङ, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा निर्जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गुराँस लघुवित्तको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: