Mon. Oct 28th, 2024

भारतमा संसारकै ठूलो व्यापारिक कार्यालय भवनको उद्घाटन हुँदै

भारतको गुजरातमा निर्माण भएको संसारकै ठूलो बहुउद्देश्यीय भवनको आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुहुने भएको छ ।

अमेरिकी सुरक्षा मुख्यालय पेन्टागनभन्दा ठूलो सुरत डायमण्ड बोर्स नामको भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरूलाई निमन्त्रणा गरिएको बीबीसी हिन्दीले जनाएको छ । भवनमा चार हजार सात सयभन्दा बढी कार्यालयहरू रहन सक्नेछन् ।

३५ अर्ब भारतीय रुपैयाँ लागत रहेको भवनको निर्माण सन् २०१५ को फेब्रुअरीमा शुरु भएर २०२२ को अप्रिलमा सम्पन्न भएको हो । भवनमा सुरतको हीरा उद्योगले उत्पादन र व्यापार दुवैको लागि एउटै छानामुनि सबै थोक पाउन सकिने उद्देश्य राखेको बताएको छ ।

भवनको नाम संसारकै ठूलो भनेर गएको अगस्टमा गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको थियो । यो भवन ६७ लाख वर्ग फिटमा फैलिएको छ । ६५ हजार मान्छे अट्ने यो भवन कुनै फुटबल रङ्गशाला जस्तै छ ।

About The Author

अन्य समाचारहरु: